भदौ १६, काठमाडौं । नेपाल ए क्रिकेट टिमले आसामविरुद्धको टी-२० सिरिज जितेको छ । सोमबार सम्पन्न सिरिजको पाँचौं तथा निर्णायक खेलमा नेपाल ए ले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो ।

नेपालले दिएको २०९ रनको विशाल लक्ष्य पछाएको आसामले २० ओभरमा ९ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।
यसअघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै २०८ रन बनाएको थियो । नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ६४ रन बनाएका थिए भने शुभ कंसाकारले ४२ रन बनाएका थिए । त्यस्तै इशान पाण्डेले ३२ रन बनाए भने मोहमद आदील आलमले ११ बलमा २५ रन बनाए भने अनिल शाहले ११ रन बनाएका थिए ।