• २०८३ साउन २९ गते शुक्रवार

जिम्बाब्वेविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित, सिरिज क्लीन स्वीप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, काठमाडौं । श्रीलंकाले दोस्रो एकदिवसीयमा जिम्बाब्वेलाई ५ विकेटले पराजित गरेको छ । यससँगै श्रीलंकाले घरेलु टोलीलाई एकदिवसीय सिरिजमा २-० ले पराजित गरेको छ ।

 

आइतबार राति हरारेमा सम्पन्न खेलमा जिम्बाबेले दिएको २७८ रनको लक्ष्य श्रीलंकाले ४९.३ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो ।

 

श्रीलंकाका लागि पाथुम निसान्काले १२२ रनको शतकीय पारी खेलेका थिए भने कप्तान चरिथ असलंकाले ७१ रन बनाएका थिए ।

 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले ५० ओभरमा ७ विकेट गुमाउदै २७७ रन बनाएको थियो ।

 

यो जितपछि श्रीलंकाले दुई खेलको एकदिवसीय सिरिजमा क्लीन स्वीप गर्दै २-० ले जितेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस