• २०८३ बैशाख २७ गते आइतवार

आर्सनलमाथि लिभरपुल १-० ले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, काठमाडौं । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा आर्सनललाई पराजित गरेको छ ।

 

गएराती आफ्नै घरेलु मैदान एनफिल्डमा लिभरपुलले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

 

लिभरपुलको जितमा खेलको ८३औं मिनेटमा डोमिनिक शोबोस्लाईले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । डोमिनिक शोबोस्लाईले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै लिभरपुलका लागि निर्णायक गोल गरेका थिए ।

 

यो लिभरपुलको यस सिजनमा लगातार तेस्रो जित हो । यो जितपछि लिभरपुलको ३ खेलमा ९ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै आर्सनलको भने ३ खेलमा ६ अंक रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस