• २०८३ बैशाख ८ गते मङ्गलवार

सरकारले छुट्याएकाे एक करोड रुपैयाँ अनुदान सेजनले नलिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सरकारले बजेटमार्फत दिने घोषणा गरेको एक करोड रुपैयाँ अनुदान नलिने जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेटमा सेजनसहित तीन वटा पत्रकारका संस्थालाई एक/एक करोड रुपैयाँका दरले अनुदान छ्ट्टाएको थियो । सेजनको कार्यसमिति बैठकबाट अनुदान रकम नलिने निर्णय भएको अध्यक्ष सुजन ओलीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

साथै अनुदान रकम अस्वीकार गर्नुका कारण पनि विज्ञप्तिमा बुँदागत रूपमा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस