• २०८३ बैशाख ३ गते बिहिवार

पञ्जाबविरुद्ध लखनउले दियो १ सय ७२ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत १९, काठमाडौँ । लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ ।

लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार गर्यो ।

लखनउका लागि निकोलस पुरनले ३० बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४४ रन जोडे । आयुष बदोनीले ३३ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए ।

अब्दुल समाद १२ बलमा २ चौका र २ छक्काको सहयोगमा २७ रनमा आउट भए । ओपनर एडेन मारक्रम १८ बलमा २८, डेबिड मिलर १८ बलमा १९ तथा कप्तान ऋषभ पन्त २ रनमा आउट भए ।

पञ्जाबका लागि अर्शदिप सिंहले ३ तथा लकि फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को यानसन र युजभेन्द्र चहलले समान १ विकेट लिए । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ ।

यस्तै, लखनउ भने आफ्नो तेस्रो खेल खेल्दैछ । दिल्ली क्यापिटल्ससँगको पहिलो खेल गुमाएको लखनउले दोस्रोमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो ।

लखनउ र पञ्जाबबीच हालसम्म ४ खेल भएको छ । ३ खेल लखनउले र १ खेल पञ्जाबले जितेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस