• २०८३ जेष्ठ २७ गते बुधवार

आइपिएल : मुम्बईले कोलकता नाइट राइडर्सलाई ८ विकेटले हरायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत १९, काठमाडौं । मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा पहिलो जित हासिल गरेको छ । मुम्बईले सोमवार कोलकता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । १ सय १७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईको जितमा ओपनर रायन रिकल्टनले ४१ बलमा ४ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ६२ रनमा अविजित रहे । विल ज्याक्स १७ बलमा १६ र रोहित शर्मा १२ बलमा १३ रनमा आउट भए ।

सूर्यकुमार यादव ९ बलमा ३ चौका र २ छक्काको सहयोगमा २७ रनमा अविजित रहे । कोलकाताका लागि दुवै विकेट आन्द्रे रसेलको नाममा रह्यो ।

त्यसअघि मुम्बईको घरेलु मैदान वान्खडेमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाता १६.२ ओभरमा १ सय १६ रन बनाउँदै अल आउट भयो ।

कोलकाताका लागि अंगकृष्ण रघुवंशीले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २६ रन जोडे । रमनदिप सिंहले १२ बलमा १ चौका र २ छक्काको सहयोगमा २२ रनमा बनाए ।

मनिष पाण्डे १४ बलमा १९, रिकु सिंह १४ बलमा १७ तथा कप्तान अजिक्या राहाणे ७ बलमा ११ रन जोड्दै आउट भए ।

ओपनर सुनिल नारायणले रनको खाता खोल्न नसक्दा अर्का ओपनर क्विटन डि कक १ रनमा आउट भए । आन्द्रे रसल ५ तथा वेंकटेस अय्यर ३ रनमा पेभिलियन फर्के ।

कोलकाताको ब्याटिङ ध्वस्त बनाउँने क्रममा यसै खेलमा डेब्यु गरेका अश्विनी कुमारले ३ ओभरमा २४ रन खर्चिएर ४ विकेट लिए ।

बोल्टले पहिलो ओभरमा नै १ विकेट लिए । मिचेल सान्टनर, हार्दिक पाड्ण्या र विग्नेस पथुरले समान १ विकेट लिए ।

पहिलो जित हात पारेको मुम्बई ३ खेलमा २ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । मुम्बई यसअघि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

कोलकाता ३ खेलमा १ जित र २ हारका साथ अंक तालिकाको पुछारमा झरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस