• २०८३ बैशाख १० गते बिहिवार

सुन तोलामा १७ सयले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १७ सय ले बढेर १ लाख ४२ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ५०० पुगेको छ ।

यसअघि बिहिबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस