मंसिर १०, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू निम्न रहेका छन । तपाईहरु पनि कुनै कार्य गर्दै हुनुहुन्छ भने हामीलाई खबर गर्नुहोस । हामीलाइ सम्पर्क गर्नका लागि khabar24nepal2075@gmail.com मेल गर्नुहाेस ।
उपत्यकामा आज हुने कार्यक्रमहरू निम्न रहेका छन ।
१.हाम्रो सुनौलो संसारको आयोजनामा महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ को प्रमुख आतिथ्यतामा सबैको सहयोगम बन्न लागेको संस्थाको नव निर्मित भवनको सिलन्यास कार्यक्रम हुने ।
स्थान :- कागेश्वरी मनोहा नपा १ गागलफेदी ।
समय :- ७:३० बजे ।
२.सडक विस्तार पिडित संघर्ष समिति ले नेपालको संविधन,ऐन कानून र सम्मानित सर्वोच्च अदालतको आदेश विपरित बालाजु बाइपासमा भईरहेको गैर न्यायिक सडक विस्तार विरुद्ध दोस्रो दिन रिले अनसन बस्ने ।
स्थान :- बालाजु बाइपास ।
समय :- १०:०० बजे देखि १६:०० बजे सम्म ।
३.वीर अस्पतालमा कार्यरत कर्मचारीहरूले स्वास्थ्यकर्मी लाई काेभिड सामाग्री पूरा गर तथा खाई पाई आएकाे सुविधा दे भनी पदाधिकारी विरुद्ध अस्पताल प्राङ्गणमा धर्ना तथा नारा जुलुस गर्ने ।
स्थान :- वीर हस्पिटल ।
समय :- १०:०० बजे देखि १२:०० बजे सम्म ।
४.ललितपुर महानगरपालिकाले महानगरलाई हरियाली युक्त सहर निर्माण गर्नका लागि महानगरको गौरवशाली योजना अन्तर्गत पुल्चोक क्याम्पस हाताभित्र निर्माण गरिएको Transparent Green Fence (पारदर्शी हरियो वार) को उद्घाटन कार्यक्रम गर्ने ।
स्थान :- पुल्चोक क्याम्पस,हरिहर भवन ललितपुर ।
समय :- ११:०० बजे ।
५.त्रि.वि.आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटीले त्रि.वि.ले जारि गरेको अतिरिक्त कक्षा ब्यबस्थापन निर्देशिका २०७७ ले आंशिक प्राध्यापकहरूलाई विस्थापित गर्ने नीति ल्याएकाले उक्त निर्देशिका खारेजिको माग राखि असोज २४ गते देखि क्याम्पस प्रमुखलाई कार्यकक्षमा रोक लगाउने साथै अनलाइन कक्षा बहिस्कार गर्ने ।
स्थान :- देशभरका क्याम्पसहरूमा ।
समय :- नखुलेको ।
६.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।