माघ १७, काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको ब्लोइमफोन्टेनमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ । नेपाल सेमिफाइनल रेसबाट भने बाहिरि सकेको छ । त्यसैले प्रतियोगितमाा आफूलाई बलियो सावित गर्ने नेपालको लक्ष्य हुनेछ ।
यता बंगलादेशलाई सेमिफाइनलमा पुग्न आजको खेलमा जितको आवश्यक छ । आजको खेलमा जित निकाल्न सकेमा बंगलादेश सेमिफाइनलमा रेशमा रहनेछ ।
बंगलादेशसँग नेपालले यसअघि दुई पटक विश्वकपमा खेलेको छ ।