• २०८३ जेष्ठ ६ गते बुधवार

“एक घर- एक उद्यमी बनौ ” भन्दै चुनिदेवी वेष्ट प्रोसेसींग इन्डष्ट्रिजले गर्यो बैंक खाता सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १८, काठमाडौँ । “एक घर-एक उद्यमी, सम्बृद नेपाल स्वच्छ नेपाली” भन्ने नारा सहित नेपाल भरिका लगभग ६६ लाख घरघुरिलाई उद्यमी बनाउने उदेश्य बोकेर चुनिदेवी वेष्ट प्रोसेसींग इन्डष्ट्रिज स्थापना भएको छ । फोहोरलाई मोहोर बनाउने उदेश्यले यो कम्पनीको स्थापना भएको चुनिदेवी वेष्ट प्रोसेसींग इन्डष्ट्रिजका अध्यक्ष मुकुन्द तिमल्सिनाले बताए।

तारकेश्वर नगरपालिका वडा नम्बर ३ भित्र करिब २५० रोपनीको क्षेत्रफ़लमा स्थापना हुन लागेको यो कम्पनिमा १ घर १ शेयर सदस्य रहन पाउने तिमल्सिनाले जानकारी दिएका छन् । १००० देखि २५००० सम्म लगानी गर्न सकिने सेयर रकम लगानी गरेको कम्तिमा पनि १ वर्ष भित्र फिर्ता गर्ने उनले बताए ।

घरबाट संकलित फोहोर उचित व्यवस्थापन गर्न नसक्दा र ढलहरु सिधै नदी तथा बातावरणमा मिसिने हुँदा यस्ले हाम्रो पर्यावरण, प्रकृति र समग्र देशलाई नै प्रदुसित तुल्याएको छ। यस्ता चुनौतीहरुको समाधान गर्न र संकलित फोहोर रिसाइकल गरी Bio-Gas, कृषिजन्य मल लगायत फलाम, सिसा जस्ता कच्चा पदार्थ उत्पादन गरी देशको समृद्ध भविष्य निर्माण गर्नका लागि चुनिदेवी वेष्ट प्रोसेसिंग इन्डष्ट्रिज स्थापना गरेका तिमल्सेनाले बताए । साथै यस्ता उत्पादन भएका सबै चिजलाई स्वदेश तथा बिदेशमा बिक्रि गरेर नेपालाई समुन्नत र स्वच्छ वातावरण भएको देश बनाउने हाम्रो उदेश्य रहेको तिमल्सिनाले बताए ।

यस सस्थामा १००० देखि २५००० सम्मको लगानीमा आफै उधमी बनौ,आफ्नै भबिस्य सुरक्षित गरौ भनि सस्थाले खाता नं. सार्वजनिक गरेकाे छ ।

Account Name : Chunidevi Waste Processing Industries Pvt. Ltd
Account number : 04621922440017
Bank Name : Himalayan Bank

nepppp01.png

Account Name : Chunidevi Waste Processing Industries Pvt. Ltd
Account number : 24600107635197000001
Bank Name : Nepal Bank

nepppp.png

Sharing

प्रतिक्रिया दिनुहोस