• २०८३ बैशाख ३१ गते बिहिवार

आयरल्यान्डसँग दोस्रो खेल खेल्दै नेपाल ‘ए’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौँ। नेपाल ‘ए’ टोलीले तीन खेलको टी–२० शृंखलाअन्तर्गत शनिबार आयरल्यान्ड उल्भ्ससँग दोस्रो खेल खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुने छ।

शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रनमात्रै बनाउन सक्यो।

शनिबारको खेलमा भने जित हासिल गर्दै शृंखला बराबरी गर्ने नेपाललाई मौका हुने छ।

Sharing

प्रतिक्रिया दिनुहोस