पुस १४, बझाङ । बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ आमवगरकी ४१ वर्षीया महिला स्वास्थ्य स्वयंसेविका पञ्चमाला जोशीको ढुङ्गाले लागेर मृत्यु भएको छ । सडकमा हिँडिरहेको बेला माथिबाट खसेको ढुङ्गाले लागेर जाेशीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
वर्षाका कारण कच्ची सडक माथिबाट ढुङ्गा खसेको स्थानीयवासीकाे अनुमान छ । दिउँसो एक्लै हिँडेकी जोशीको शव हिजो बेलुका स्थानीयवासीले फेला पारेका हुन् ।