• २०८३ बैशाख १५ गते मङ्गलवार

कोशी प्रदेश सभाको बैठक शुक्रबार बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, विराटनगर । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि कोशी प्रदेशसभाको बैठक स्थगन भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस