असार १५, काठमाडौं । भारतले टी- २० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । बरबाडोसमा हुन लागेको यस फाइनलमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् ।

योसँगै दक्षिण अफ्रिकाले पहिला बलिङ गर्ने भएको छ । भारत २०१४ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।
फाइनल खेलका लागि दुवै देशले सेमिफाइनलमा खेलेको टिमलाई नै निरन्तरता दिदै टिममा कुनै परिवर्तन गरेका छैनन् ।