• २०८३ बैशाख ४ गते शुक्रवार

संसद भवन छिर्ने लघुवित्तका ऋणीहरुलाई हाजिर जमानीमा छोडियो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, काठमाडौं । संघीय संसद् भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरु रिहा भएका छन्। बिहीबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी(एसपी) नवराज अधिकारीले जानकारी दिए।

फागुन १४ गते सोमबार संसद् भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेको आरोपमा प्रहरीले ४९ जनालाई नियन्त्रणमा लिएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस