• २०८३ बैशाख १४ गते सोमवार

दीपक मनाङेका सहयोगी भण्डारी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १३, काठमाडौं । डिल्लीबजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेका एक सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । मनाङे मन्त्री हुँदा उनका स्वकीय सचिव रहेका टीका भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

भण्डारीलाई शनिबार जिल्ला प्रहरी परिसर काठमाडौको विशेष टोलीले नियन्त्रणमा लिएको हो । लाजिम्पाटमा नुवाकोटका जग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने समूहसँग उनको ‘कनेक्सन’ देखिएपछि पक्राउ गरिएको काठमाडौं प्रहरी स्रोतले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस