चैत १५, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बिहीबार मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टीका शैलेन्द्र मान बज्राचार्यलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

शैलेन्द्र मान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन एवं कार्य विभाजन गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार जम्कट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेका छन् ।