• २०८३ भाद्र २२ गते सोमवार

आयरल्यान्डसँग खेल्दै नेपाल ‘ए’

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, काठमाडौं । नेपाल ‘ए’ टोलीले तीन खेलको टी–२० शृंखलाअन्तर्गत बिहीबार पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग खेल्दै छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुने छ।

भ्रमणमा रहेको आयरल्यान्ड उल्भ्सले यसअघि सिनियर टोलीसँग दुई खेलको टी–२० शृंखला खेलेको थियो। .कमजोर प्रदर्शन गरेको आयरल्यान्ड उल्भ्स पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा पनि नेपालले दबदबा कायम राख्दै ७१ रनको जित हासिल गरेर शृंखला २–० ले आफ्नो पक्षमा बनाएको थियो।

नेपाली टोलीमा
विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धमी र विकाश आग्री

Sharing

प्रतिक्रिया दिनुहोस