• २०८३ जेष्ठ ५ गते मङ्गलवार

कृषि विकास बैंकको फागुन ३० गते साधारण सभा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, काठमाडौं । कृषि विकास बैंकले साधारण सभा बस्ने भएको छ। सभा फागुन ३० गते बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

बैंकले यस वर्ष लाभांश सम्बन्धी कुनैपनि प्रस्ताव प्रस्तुत नगरी सभा बोलाएको हो। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ। इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ।

त्यस्तै, बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि रहेको छ। सभा प्रयोजनार्थ बैंकले बिहीबार फागुन १७ गतेदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ। आजसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्ने बैंकले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस