• २०८३ बैशाख २१ गते सोमवार

कास्की केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, कास्की । कास्की केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पोखरासहित कास्कीका सबै ठाउँ र आसपासका जिल्लामा महसूस गरिएको थियो ।

यसअघि गएको शनिवार बाग्लुङ केन्द्रविन्दु भएर ४.१ र शुक्रवार म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस