• २०८३ जेष्ठ ८ गते शुक्रवार

बहराइनसँग नेपाल ३–० गोलअन्तरले पराजित

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत बहराइनविरुद्धको दोस्रो खेलमा नेपाल पराजित भएको छ। रफास्थित राष्ट्रिय रंगशालमा मंगलबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० गोलअन्तरले पराजित भएको हो।

घरेलु टाेली बहराइनको जितमा सायद बाकेर, अब्दुल्ला युसुफ र कमिल अल– अस्वादले समान १/१ गोल गरे। खेलको सातौँ मिनेटमै बहराइनले अग्रता लिएको थियो। कर्नरबाट आएको बल नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बुले पन्च गरेका थिएर तर, पूर्ण रूपमा क्लियर बाकेरले गोल गरे।

१८औँ मिनेटमा युसुफले पेनाल्टीमार्फत गोल गर्दै बहराइनलाई २–० को अग्रता दिलाए। गोलरक्षक किरणले काउन्टर अट्याकमा बल रोक्ने क्रममा मोहमद मारहुनलाई फल गरे। त्यसपछि रेफ्रीले पेनाल्टी दिए। त्यसमा युसुफले सहजै गोल गरे।

३६औँ मिनेटमा कमिलले गोल गर्दै बहराइनलाई पहिलो हाफमै ३-० को आरामदायी अग्रता दिलाए। काउन्टरमा प्राप्त बलमा कमिलले नेपाली रक्षकहरूलाई बिट गर्दै गोलरक्षक किरणसम्म पुगेका थिए। वान भर्सेस वानको अवस्थामा उनले गोल गरे।

७३औँ मिनेटमा नेपालले गोल गरेको थियो। तर, उक्त गोलले मान्यता पाएन। सनिश श्रेष्ठको क्रसमा सञ्जीव विष्टले बक्सबाट वान टच गोल गरेका थिए तर, साहयक रेफ्रीले अफसाइडको झन्ड उठाए।

समूह ‘एच’ मा रहेको नेपाल ४ खेलमा अंकविहीन रहँदै पुछारमा छ।

Sharing

प्रतिक्रिया दिनुहोस