• २०८३ भाद्र १८ गते बिहिवार

प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जना पक्राउ गरेको हो ।

बैंकिङ कसुरमा उनीहरूलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर थप अनुसन्धान भइरहेको ब्युरोकी प्रमुख तथा एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । कमसल धितो राखेर उनीहरुले बैंकिङ कसुर गरेको बताइएको छ । उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक अन्तरगतको कसुरमा अनुसन्धान भइरहेको बज्राचार्यको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस