• २०८३ जेष्ठ २२ गते शुक्रवार

बलात्कार आरोपमा पक्राउ परे रोल्पाको रुन्टीगढी गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

२२जेठ, रोल्पा । पानी धारामा नुहाउन गएका किशोरी माथी हातपात गर्दै जवरजस्ती करणी गर्न खोजेको भन्दै रोल्पाको रुन्टीगढी गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीलाई दाङ लमही घर भएका गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेलले हातपात गरी जवरजस्ती करणी गर्न खोजेको पीडित पक्षले उजुरी दिएका छन् । पीतिड पक्षको उजुरीका आधारमा जवरजस्ती करणी उद्योग अन्तरगत पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नवराज सुवेदीले बताए ।

साथै सबै कानुनी प्रक्रिया अगाडि बढाइएको समेत सुवेदीले बताए । किशोरीले नुहाइ रहेको देखेपछि इन्जिनियर पौडेल मिनिरल वाटरको बोटल बोकेर पानी भर्ने निहुँमा धारमा गएर दिनदहाडै धारामा नुहाउँदै गरेका किशोरीलाई जवरजस्ती करण गर्न खोजेको आरोप पीडित पक्षको छ ।

ति किशोरीलाई इन्जिनियरले पहिलेदेखि नै पछ्याउँदै आएका थिए । विभिन्न बाहनामा बल्यकमेलिङ गर्ने गरेको र बेला बेलामा किशोरीको फेसबुक आइडी समेत माग्ने गरेको थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस