• २०८२ असार ५ गते बिहिवार

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : बागमतीसँग लुम्बिनी पराजित

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि सहज जित निकालेको छ । शनिबार भएको खेलमा बागतमीले लुम्बिनीलाई ६ विकेटले हराएको हो ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १०७ रनको लक्ष्य पछ्याएको बागमतीले १७ ओभर २ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीका लागि इसान पाण्डेले ५० रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । बागमतीका लागि रित गौतमले २४ रन बनाउँदा आसुतोश घिरैयाले १४ रनको योगदान गरे ।  बलिङतर्फ लुम्बिनीका लागि निर्मल गुरुङले दुई विकेट लिए । त्यस्तै किशन कार्की र अविशेक गौतमले एक–एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीनले ३२ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १०२ रन बनायो । लुम्बिनीका लागि सुशान्त थपलियाले २८ रन बनाउँदा निर्मल गुरुङले २७ रनको योगदान गरे । लम्बिनीका प्रज्वल थापाले १४ रन बनाउँदा विराट भण्डारीले १३ रन जोडे ।

बागतीका लागि सूर्य तामाङले सर्वाधिक ६ विकेट लिए । उनले प्रधानमन्त्री कपमा दोस्रो पटक ६ विकेट लिएका हुन् । बागमतीका विपिन आचार्यले दुई विकेट लिँदा प्रतिश जिसी र क्रिजन गुरुङले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस