पुस ११, काठमाडौं । आज सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मुल्यमा भने घटबढ नभएको महासङ्घले जनाएको छ ।