• २०८३ बैशाख १० गते बिहिवार

राष्ट्रिय युवा संघ नेपालले ‘एआई’ सम्मेलन भोलिदेखी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन भोलिबाट सुरु हुने भएको छ। एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपालमा जानकारी गराउने युवा संघले जनाएको छ।

संघले कात्तिक ११ र १२ गते हायात प्यालेस सोल्टीमोडमा एआई सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष क्षितिज थेबेले बताउनु भयो। सम्मेलनको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने अध्यक्ष थेबेले बताउनु भयो।

एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्यले सम्मेलन गर्न लागेको उहाँले बताउनु भयो।

सम्मेलनमा एक हजार जना सहभागी हुने युवा संघले जनाएको छ। पाँच सयसंघबाट सिफारिस गरेका प्रतिनिधि हुनेछन् भने बाँकी ५ सय कोट खुल्ला गरिएको छ। खुल्ला कोटमामा सबै इच्छुक युवाहरुले फर्म भरी प्रतिनिधि हुन सक्ने युवा संघले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस