साउन ११, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा किरण पौडेल नियुक्त हुनुभएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष पौडेललाई प्रधानमन्त्री ओलीको जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा नियुक्त हुनुभएको हो।

प्रधानमन्त्री ओलीको मुख्य राजनीतिक सल्लाहकारमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा। युवराज खतिवडालाई नियुक्ति गरिसकेको छ। एमाले उपमहासचिव रिमाल यसअघि ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकारकै भूमिकामा हुनुहुन्थ्यो भने खतिवडा भने अर्थमन्त्री हुनुहुन्थ्यो।
प्रधानमन्त्री ओलीको प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य यसअघि नै नियुक्त भइसक्नुभएको छ।