• २०८३ जेष्ठ ६ गते बुधवार

आईपीएल : गुजरातलाई चेन्नईले दियो २०७ रनको लक्ष्य

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौ । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई २०७ रनको लक्ष्य दिएको छ। एम ए चिन्दबरम स्‍टेडियम टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको हो।

चेन्नईका शिवम दुबेले सर्वाधिक ५१ रन बनाए। २३ बल खेलेका उनले २चौका र ५ छक्का प्रहार गरे। यस्तै, कप्तान ऋतुराज गायकवाड र रचिन रविन्द्रले ४६/४६ रन बनाए। अजिक्य रहाणे १२, समीर रजवी १४ र डेरिल मिचेल २४ रनमा आउट हुँदा रविन्द्र जडेजा ७ रनमा अविजित रहे।

गुजरातका राशिद खानले २ विकेट लिए। साई किशोर र स्पेसर जोनसनले १/१ विकेट लिए।

Sharing

प्रतिक्रिया दिनुहोस