• २०८३ जेष्ठ २७ गते बुधवार

आयरल्यान्ड ‘ए’ विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौ । नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदै छ। यस खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्। योसँगै आयरल्यान्ड वुल्भ्सले पहिला बलिङ गर्ने भएको छ।

नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ सँग आज दोस्रो खेल खेल्न लागेको हो। यस अघि सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड वुल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो।

आजको खेलमा सोमबार खेलेका दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीलाई बाहिर राखिएको छ भने उनीहरुको ठाउमा विवेक यादव र अनिल शाहलाई प्लेइङ ११ मा सामेल गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस