• २०८३ बैशाख ११ गते शुक्रवार

एनएफपिजे नेपालले फुटसल प्रतियोगिता आयोजन गर्दै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, रसुवा । रसुवाको कालिकास्थानमा जिल्ला मै पहिलाे पटक बागमती प्रदेश स्तरीय मारुनी नाच प्रतियाेगिता हुने भएकाे छ । प्रथम हुनेलाई २५ हजार नगद पुरस्कार दिईने उक्त प्रतियाेगिता कालिका गाउँपालिका वडा नम्बर २ स्याउवारिमा रहेकाे पर्यटन विकास तथा सन्चार केन्द्र नेपालद्वारा सन्चालित रेडियाे लाङटाङकाे आयाेजनामा यही फागुन २६ गते हुनेछ ।

क्षेत्रीयस्तरकाे मारुनी नाच प्रतियोगिता माैलिक बाजागाजा तथा लाेक संस्कृतिलाई जगेर्ना गरी परम्परागत रूपकाे आस्थाको संस्कृतिलाई जिवन्त राख्न जिल्लामा पहिलाे पटक राखिएकाे रेडियो लाङटाङले जानकारी दिएकाे छ ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार,द्वितीय हुनेलाई २० हजार तृतीय हुनेलाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । यस्तै पुराना संस्कृतिक हरूकाे जर्गेना गरी भावि पुस्ताहरूले पनि सिक्न बुझ्न सक्ने यस्तो कार्यक्रम गरेकाेमा रसुवा नागरिक समाजका अध्यक्ष वावुलाल तामाङले आभार व्यक्त गरे।

Sharing

प्रतिक्रिया दिनुहोस