• २०८३ बैशाख ८ गते मङ्गलवार

दोस्रो ओभरमै नेपालले अफगानिस्तानको दोस्रो विकेट

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको प्रारम्भमै नेपालले अफगानिस्तानको दुई विकेट लिएको छ । नेपालका बलर गुल्सन झा र आकाश चन्दले अफगानिस्तानको विकेट लिएका हुन ।

नेपालका बलर गुल्सन झाले अफगानिस्तानका ओपनर ब्याट्सम्यान नुमन शाहलाई दिपक डुम्रेद्वारा क्याच गराएका थिए । आउट हुनुअघि नुमनले खातासम्म खोल्न सकेका थिएनन् । पहिलो ओभरको चौथो बलमा नुमन आउट हुँदा अफगानिस्तानले केवल एक रन बनाएको थियो । त्यसपछि दोस्रो ओभरको तेस्रो बलमा नेपाली बलर आकाश चन्दले अफगानिस्तानको दोस्रो विकेट लिए ।

आकाशले अफगानिस्तानका खालिद तनिवाललाई शून्य रनमै आउट गरे । त्यतिबेला अफगानिस्तानले दुई रन बनाएको थियो । अफगानिस्तानले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

यो खेलमा नेपाल र अफगानिस्तान दुबै टोली जित्नै पर्ने दबाबमा छन् । समूह ‘डी’ बाट पाकिस्तान र न्युजिल्यान्ड ‘सुपर सिक्स’ चरणमा पुग्ने निश्चित भइसकेकाले पनि नेपाल र अफगानिस्तान दबाबमा परेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस