• २०८३ जेष्ठ १८ गते सोमवार

यू-१९ विश्वकपः आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, काठमाडौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गत आज नेपालले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दै छ। समूह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराहन्न १ः४५ बजेदेखि शुरु हुँदैछ।

नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार बेहोरेको थियो। अहिलेसम्म समूह डी मा न्यूजील्याण्ड र पाकिस्तानले लगातार दोस्रो जित हासिल गर्दै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेका छन्।

अब आजको नेपाल र अफगानिस्तान दुवैले आफ्ना २-२ खेलमा हार बेहोरेका हुनाले यस खेलको विजेता समूह डी बाट सुपर सिक्समा पुग्ने तेस्रो टिम हुने छ। त्यसैले पनि दुवै देशका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ।

विश्वकप खेल्ने नेपाली टिमः
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।

Sharing

प्रतिक्रिया दिनुहोस