साउन १०, बाँके । जिल्ला प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख तुल बहादुर कार्कीको कमान्डमा नेपालगंज नगरपालिका ०१ पाचपोखराबाट अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका सामानहरु बरामत गरेको छ ।

कुर्ता सुरुवाल, दुध पाउडर , मोविल जन्य सामानहरु ल्याउदै गरेको छ भन्ने बिशेष गोप्य सूचनाको आधारमा उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलि चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।
कुर्ता सुरुवाल दुध पाउडर जन्य सामानहरुको अन्दाजी मुल्य रु.१,१७,९७४ बराबरको सामानहरु नियन्त्रणमा लिईएको छ । उनिहरुलाई आवश्यक कारवाहीको लागी नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाईएको जिल्ला प्रहरी प्रमुख तुल बहादुर कार्किले जानकारी दिनुभएको छ ।