• २०८३ बैशाख १३ गते आइतवार

सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १०, काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहिबार एकैदिन तोलामा २४ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन १ लाख ४७ हजार ४०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४६ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेर १७ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ५ रुपैयाँ कायम रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस