• २०८३ जेष्ठ २८ गते बिहिवार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, मकवानपुर । हेटौंडा उपमहानगरपालिका-५ चिसापानी बस्ने शोभा कुईकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय राकेश शिवाकोटी समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस