• २०८३ जेष्ठ १० गते आइतवार

प्रधानमन्त्री कप क्रिकेट : मधेश प्रदेश विजयी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत विहिबार सम्पन्न खेलमा मधेश प्रदेश र बागमती प्रदेशले जित हासिल गरेका छन् । टियु मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको ३३६ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले ३९.५ ओभरमा अल आउट हुदै १९० रन बनाएको थियो । यसअघि पहिला ब्याटिंग गर्दै मधेश प्रदेशले अनिल शाहको १२७ तथा अरनिको यादवको ६३ रनको मद्दतले ५० ओभरमा ५ विकेट गुमाउदै ३३५ रन बनाएको थियो ।

यो जितपछि मधेश प्रदेशको ८ खेलमा ५ जितसहित १० अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै गण्डकी प्रदेशको भने ६ खेलमा ४ अंक रहेको छ र आठौँ स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस