• २०८३ जेष्ठ २७ गते बुधवार

डिजिटल लाइसेन्सको नियमनका लागि ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई ५१ थान मोबाइल फोन

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं । डिजिटल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नियमनका लागि डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई ई–सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईआ) जगदीश खड्काले मोबाइल फोन हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा आईजीपी कुँवरले हस्तान्तरण भएका स्रोत साधन डिजिटल चलानको कार्यान्वयनमा अत्यन्तै उपयोगी हुने विश्वास लिएको बताउनुभयो । यस्ता सहकार्य र समन्वयले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

यस्तै ई–सेवाका सीईओ खड्काले हस्तान्तरण गरिएका मोबाइलबाट नेपाल प्रहरीले आत्मसात् गरेको नयाँ प्रविधिलाई सहयोग पुग्ने बताउनुभयो । आउँदा दिनमा ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस