• २०८३ असार ५ गते शुक्रवार

सुनको मुल्य आज एकैदिन तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं । सुनको मुल्य आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँ बढेको छ । मुल्य बढेर सुन आज तोलाको एक लाख ६७ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि अस्ति शुक्रवार सुनको मुल्य तोलाको एक लाख ६५ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको मुल्य तोलाको एक हजार नौ सय ४० रुपैयाँ थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस