असोज ८, काठमाडौं । साफ महिला च्याम्पियनशिप २०२४ का लागि नेपालले प्रारम्भिक टोलीमा ४० जना खेलाडीलाई बोलाएको छ । नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । टोलीमा विदेशी लिग खेलिरहेका अञ्जिला तुम्बापो सुब्बा, सावित्रा भण्डारी र रेखा पौडेल पनि छन् ।

साफ महिला च्याम्पियनशिपको सातौं संस्करण आउँदो कात्तिक १ देखि १४ गतेसम्म काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आयोजना हुँदैछ । नेपालमा साफ महिला च्याम्पियनशिप लगातार तेस्रो पटक हुन लागेको हो ।
यसअघि सन् २०१९ को पाँचौं संस्करण विराटनगरमा र २०२२ मा छैटौं संस्करण काठमाण्डौमा आयोजना भएको थियो । साफ महिला च्याम्पियनशिपमा पाँच पटक फाइनल खेल्दा पनि नेपाल अहिलेसम्म उपाधिविहीन छ ।
यस्तो छ प्रारम्भिक टोली :
अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विके, हीरा भुजेल, प्रतीक्षा चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिशा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यसोदा शाही, अञ्जली मचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सञ्जिना कोइराला, नेहाकुमारी चौधरी, सञ्जिनी थोकर, अनिता लम्गेल, लीला जोशी, सुशीला चौधरी, कुस्मा राई र सुनिता भुलन ।