भदौ ८, काठमाडौँ । सिन्धुलीस्थित सुनकोसी नदीमा हाईलक्स गाडी खसेको छ । शनिबार साँझ साढे ५ बजेको समयमा सिन्धुलीको कुँडुले भन्ने ठाउँबाट हाइलक्स गाडी सुनकोसीमा खसेको थियो ।
उक्त गाडीमा ४ जना सवार रहेका थिए । प्रहरीका अनुसार एक जना हामफालेर बाहिर निस्किएका छन् भने तीन जना अझै बेपत्ता रहेका छन् । प्रहरीको गोताखोर टोलीले बेपत्ताको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
