• २०८३ भाद्र २ गते मङ्गलवार

स्कटल्याण्डका गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्डको उपचार हुदै, स्वास्थ्य अवस्था स्थिर

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

सार १०, काठमाडौं । जारी युरोकपमा हंगेरीका फरवार्ड बर्नाबास भार्गा स्कटल्याण्डका गोलकिपर एनगस गनसँग ठोक्किएपछि घाइते भएका छन् । खेलको ८० मिनेटपछिको खेलमा दुवै खेलाडी ठोक्किएपछि भार्गा घाइते भएका थिए ।

उनलाई खेल केहि बेर रोकेर तत्काल मैदानमै प्राथमिक उपचार दिइएको थियो । उनलाई खेलाडीहरुले छोपेर मैदानमा उपचारपछि अस्पताल लागिएको थियो । हंगेरीको फुटबल फेडेरेसनले उनको अहिले अस्पतालमा उपचार भइरहेको, अवस्था स्थिर रहेको र खतरामुक्त रहेको बताएको छ ।

त्यस्तै हंगेरीका प्रशिक्षक मारको रोजीले उनी खतरामुक्त रहेको र उनको अनुहारमा फ्र्याक्चार रहेको बताएका छन् । यस घटनापछि उनी युरोकपबाट भने बाहिर भएका छन् ।

यस खेलमा हंगेरीले स्कटल्याण्डलाई १-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेर नकआउट चरणको दौडमा कायम राखेको छ । समुह ए मा तस्रो रहेको हंगेरी ६ समुहका तेस्रो स्थानमा रहेका शिर्ष चारमा परेमा नक आउट चरणमा छनौट हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस