• २०८३ बैशाख १६ गते बुधवार

महिला एशिया कप: भारतले नेपाललाई दियो १७९ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ८, काठमाडौं । भारतले नेपाललाई १७९ रनको लक्ष्य दिएको छ । जारी महिला एशिया कप अन्तर्गत समुह ए को अन्तिम खेलमा भारतले नेपाललाई १७९ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउदै १७८ रन बनाएको हो । भारतका लागि सेफाली बर्माले सर्बाधिक ८१ रन बनाएकी थिइन् भने दयालान हेमालताले ४७ रन बनाएकी थिइन् । त्यस्तै जेमीनाह रोड्रीगेजले २८ र संजीवन सजनाले १० रन बनाएकी थिइन् ।

त्यसैगरी नेपाली बलर सिता राना मगरले २ र कबिता जोशीले एक विकेट लिएकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस