• २०८१ बैशाख ४ गते मङ्गलवार

हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, हुम्ला। हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हुम्लाको अदानचुली गाउँपालिका श्रीनगरबाट वडा नं ५ को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जीप शनिवार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ओदानचुली गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडी रहेको जिल्ला प्रहरी हुम्लामा डिएसपी एवम् प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

दुर्घटनामा परेर अन्य ६ जना घाइते भएको र उनीहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस