• २०८३ असार ४ गते बिहिवार

आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराईका धेरै स्थानहरूमा हुस्सु कुहिरो लागेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार तराईका अधिकांश स्थानहरूमा हुस्सु कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने छ।

त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

Sharing

प्रतिक्रिया दिनुहोस