• २०८३ बैशाख १८ गते शुक्रवार

इन्डियन प्रिमियर लिग(आईपीएल) आउँदो मार्च १४ मा शुरू हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) संस्करण अर्को वर्षको मार्च १४ देखि शुरू हुने भएको छ । आईपीएलले आज तीन सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को आईपीएलले मार्च १४ देखि शुरू हुने बताएको हो ।

आईपीएल २०२५ को फाइनल मे २५ मा हुनेछ । यस्तै सन् २०२६ को सिजन मार्च १५ देखि मे ३१ सम्म र सन् २०२७ को सिजन मार्च १४ देखि मे ३० सम्म हुनेछ ।

आईपीएल २०२५ का लागि पर्सि आइतवार र सोमवार साउदी अरेबियामा मेगा अक्सन हुँदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस