• २०८३ भाद्र ९ गते मङ्गलवार

भिस्तारा एयरमा बम भेटिएन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ६, काठमाडौँ । दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा बम राखेको सूचना गलत पुष्टि भएको छ । भिस्तारा एयर–१५५ मा चेकजाँच गर्दा विस्फोटक पदार्थ नभेटिएको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले बताइन् ।

विमानमा सवार १५७ यात्रुले चेकजाँच पछि आफ्नो ब्यागेज जिम्मा लिएका छन् । दिल्लीबाट उडेको विमान दिउँसो ४ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । अवतरण हुनुअघि नै विमानको सुरक्षा हेर्ने जिम्मेवारी व्यक्तिले बम राखिएको सूचना दिएपछि आइकाओको मापदण्ड अनुसार सर्च गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले बताए ।

सर्च अपरेसन पुरा भएसँगै सो विमान दिल्लीतर्फ फर्किन लागेको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस