• २०८३ बैशाख ३१ गते बिहिवार

नेपाल कम्युनिष्ट पार्टी तनहुँको राहत कार्यक्रम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २८, तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउपालिका वडा न ५ च्याचुलमा सामाजिक दुरि कायम गर्दै १३ घरपरिवार लाई खाधान्न तथा स्वास्थ्य सामाग्री बितरण कार्यक्रम सम्म्पन्न गरेको छ । प्रतिबन्धको बाबजुद घिरिङ गाउ पालिकाका सेक्रेटरी हिमाल खड्काको अध्यक्षता र पार्टी जिल्ला सेक्रेटरी आन्नदको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

राहत स्वरुप प्रती घर परिवारलाई १ पोका चामल दाल नुन तेल गरि २५००० बराबरको खाद्यान्न बितरण गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी आन्नदले कोभिड-१९ को त्रास अझैपनी कायमै रहेकोले सबैलाइ स्वास्थ्यलाई ख्याल गर्दै आफ्नो दैनिकीलाई सुरक्षित बनाउन आग्रह गर्नु भयो । कोरोना भाइरसलाइ समुदायमा थप फैलिन नदिन सचेत हुन अनुरोध गर्नु भयो । साथै राज्य तथा स्थानीय सरकारलाई समस्यामा रहेको टोल समुदाय र परिवारलाइ निशुल्क पिसिआर जाँच गर्ने र संक्रमितलाई अस्पतालको आइसोलेसनमा राख्ने र पिडितहरुलाइ राहत सामाग्री र स्वास्थ्य सामाग्री बितरण गर्न जोड्दार माग गर्नु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस