मंसिर ६, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगका विशेष अधिकृत (मुख्यसचिव सरह) का डा. बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनले स्वेच्छिक रुपमा राजीनामा दिएकाले स्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।