• २०८३ जेष्ठ ४ गते सोमवार

बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल प्रहरीका डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो । गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत छन् ।

कार्तिक १४ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी नेतृत्वको बढुवा समितिले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस