• २०८३ जेष्ठ १६ गते शनिवार

काठमाण्डौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि तारकेश्वर नगरपालिका प्रथम

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन ९, काठमाडौं । तारकेश्वर नगरपालिकाले काठमााडैं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्न सफल भएको छ । काठमाण्डौं जिल्लाका स्थानीय निकायहरु बिच भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको उपाधी प्रतियाेगितामा दोश्रो पटक सहभागीता जनाएको  तारकेश्वर नगरपालिकाले हात पारेको हो ।

तारकेश्वर नगरपालिकाले ३२ स्वर्ण, १६ रजत र ११ कास्य पदक सहित काठमाण्डौं जिल्लाकै पहिलो बनेको छ । त्यस्तै काठमाण्डौं महानगरपालिका १८ स्वर्ण, २६ रजत र १७ कास्य पदक सहित दोश्रो स्थान हासील गरेको छ भने चन्द्रागिरी नगरपालिकाले ७ स्वर्ण, ८ रजत र ८ कास्य पदक सहित तेश्रो स्थान हासील गरेको छ ।

May be an image of 2 people and text

त्यस्तै गोकणेश्वर नगरपालिका ४ स्वर्ण, ५ रजत र १२ कास्य सहित चौथो, कागेश्वर मनाेहरा नगरपालिका ३ स्वर्ण, ३ रजत र १३ कास्य सहित पाँचौ बनेको छ । त्यस्तै किर्तिपुर नगरपालिका २ स्वर्ण, १ रजत र २ कास्य सहित छैठौं नगरपालिका बनेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी ५ वटा नगरपालिकाले एउटा पनि स्वर्ण पदक प्राप्त गर्न सकेनन् । बुढानीलकण्ठ नगरपालिकाले ४ रजत र ५ कास्य, टोखा नगरपालिकाले २ रजत र ७ कास्य पदक मात्र प्राप्त गरे भने शंखरापुर नगरपालिकाले ३ कास्य, दक्षिणकाली र नागार्जुन नगरपालिकाले दुई-दुई कास्य पदकमा चित्त बुझाउनुपर्यो ।

दशरथ रंगशालामा भएको समापन कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले खेलकुद क्षेत्रमा तारकेश्वर नगरपालिकाको एतिहाँसीक जित रहेको बताँउदै खेलकुदमा सहभागी हुने खेलाडी, विद्यालय, नगर शिक्षा शाखा लगायतलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।

तारकेश्वर नगरपालिकाले पाएकाे पदक विवरण
एथेलेटिक्स:- १९ स्वर्ण ,२ रजत ,३ कास्य
कराँते:- ६ स्वर्ण ,३ रजत ,२ कास्य
उसु:- ३ स्वर्ण ,६ रजत, १ कास्य
तेक्वान्दो:- ३ स्वर्ण ,५ रजत,५ कास्य
भलिबल:-१ स्वर्ण

Sharing

प्रतिक्रिया दिनुहोस